काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले १ करोड १० लाख पुरस्कार पाउने भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले आज मंगलबार पुरस्कारको घोषणा गरेको हो ।
क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउँदा उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ। त्यस्तै तेस्रो स्थानमा रहनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् ।
प्रतियोगिताको प्ले अफका खेलहरु बुधबारबाट सुरु हुँदै छन् । सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स शीर्ष चारमा रहँदै प्लेअफमा पुगेका छन् ।












