आज सोमबार सुनचाँदीको भाउ घटेको छ। आइतबार प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५४ हजार ३ सय ७० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय रुपैयाँ तोकिएको छ ।













