आज शुक्रबार सुनको भाउमा उल्लेख्य गिरावट आएको छ । बिहिबार प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा आइपुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५२ हजार ४ सय ८५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय ९७ रुपैयाँ तोकिएको छ ।













