आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँको कीर्तिमानी उचाईमा पुगेको छापावाल सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७० हजार रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३१ हजार ४ सय ८० सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय ९७ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम भएको चाँदीको भाउ हालसम्मकै उच्च हो ।













