आज आइतबार पनि सुनको भाउ नयाँ उचाईमा पुगेको छ । शुक्रबार प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३१ हजार ९ सय ९५ सय रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ तोलामा एकैदिन २७० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय ४५ रुपैयाँ तोकिएको छ । नपाली बजारमा आज कायम भएको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।













