आज बुधबार पनि सुनको भाउ नयाँ उचाईमा पुगेको छ । मंगलबार प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २९ हजार ८ सय ५० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ तोलामा एकैदिन १६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय २० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ९० रुपैयाँ तोकिएको छ । नपाली बजारमा आज कायम भएको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।













