आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५ हजार ३ सय ३५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ९० रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ४ सय ४९ रुपैयाँ तोकिएको छ ।













