आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १४ हजार ८० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ३ हजार २ सय ८५ रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ८ सय १६ रुपैयाँ ५० पैसा तोकिएको छ ।













