आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २१ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ९ हजार ४ सय ५० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ७ सय २२ रुपैयाँ तोकिएको छ ।













