आज मंगलबार पनि सुनको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ११ हजार २ सय ५० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १ सय ७० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ७ सय १८ रुपैयाँ तोकिएको छ ।













