आज सोमबार पनि सुनको भाउ बढेको छ। आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७ हजार ५० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६५ रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ६ सय २८ रुपैयाँ तोकिएको छ ।













