आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४ हजार ३ सय ५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ८५ रुपैयाँ तोकिएको छ ।













