आज सोमबार सुनको भाउ स्थिर छ । आइतबार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५ हजार ५ सय ४ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ६० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ६ सय २३ रुपैयाँ ५० पैसा तोकिएको छ ।













