दशै बिदा पछिको पहिलो कारोबार दिनमा सुनको भाउ ह्वात्तै बढेर ऐतिहासिक उचाईमा पुगेको छ । यसअघि असोज १२ गते आइतबार प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँको कृर्तिमानी उचाईमा कारोबार भएको सुनको भाउ आज असोज १९ गते आइतबार एकैदिन तोलामा ७ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँमा पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ भने तोलामा एकैपटक १२० रुपैयाँले बढेर २ हजार ९ सय ३० रुपैयाँ पुगको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय १२ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा तोकिएको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।