एथर एनर्जी नेपालले चाडपर्व अफर ल्याएको छ। यस अफरअन्तर्गत, ग्राहकहरूले एथर 450 सिरिज वा नयाँ एथर रिज्टा बुक गर्दा विशेष लन्च अफरहरू प्राप्त गर्ने र यसले उनीहरूको इलेक्ट्रिक यात्रालाई अझ स्मार्ट, सुरक्षित र लाभदायक बनाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस अफरमा निःशुल्क Eight70 ब्याट्री वारेन्टी, ०% ब्याजदरमा किस्ता सुविधा, न्यूनतम रु. ३०,००० को एक्सचेन्ज मूल्याङ्कन, रु. ८,००० को मूल्य थप सुविधा प्राप्त हुने छन् ।
अफरबारे वैद्य एनर्जी प्रा. लिका प्रमुख कार्यकारी अधिकृत सुर्यांश वैद्यले भने “एथर अफर वा छुटबारे होइन, नेपाली चाडपर्व नयाँ सुरुवात र परिवारको एकताको प्रतीक हो — यसलाई अझ अर्थपूर्ण बनाउने उत्तम तरिका भनेको भविष्यका लागि बनाइएको, सफा र स्मार्ट स्कूटरको साथमा यो पर्व मनाउनु हो।”
कम्पनीका अनुसार एथर 450 सिरिजमा शक्तिशाली परफर्मेन्स, तीव्र एक्सेलेरेसन, स्किडकन्ट्रोल सुरक्षा प्रणाली, र बुद्धिमान AtherStack सफ्टवेयरजस्ता अत्याधुनिक विशेषताहरू छन्। कम्पनीले यो केवल स्कूटर नभई उच्च प्रदर्शनयुक्त ईभी भएको जनाएको छ ।
NAIMA 2025 मा लन्च भएको एथर रिज्टा भारतमा निकै लोकप्रिय भइसकेको छ र अहिले नेपालमा पनि परिवारहरूको पहिलो रोजाइ बन्दै गएको कम्पनीले उल्लेख गरेको छ। यसको प्रमुख विशेषताहरूमा एकपटक चार्जमा १५९ किमी दूरी, ५६ लिटरको विशाल स्टोरेज – वर्गमै सबैभन्दा ठूलो, ७-इञ्च टीएफटी स्मार्ट डिस्प्ले – सहज नेभिगेशन र कनेक्टिभिटीका लागि , आरामदायी डिजाइन – प्रत्येक पारिवारिक यात्रालाई तनावमुक्त बनाउने लगायत रहेको कम्पनीले जनाएको छ ।











