Wednesday, October 1, 2025

दसैँ मनाउन आजसम्म ५ लाख ५३ हजार जनाले काठमाडौँ छाडे

दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्मका आठदिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म पाँच लाख ५३ हजार २६१ जना यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा मात्रै ८५ हजार २८४ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौँ बाहिरिने यात्रुको चाप बढेसँगै यात्रुको सुविधाका लागि विभिन्न नाका र पार्किङस्थलहरूमा थप ट्राफिक प्रहरी परिचालन गरिएको बताए । उनले भने  “यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्ष, अनुगमन टोली र आपत्कालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ ।”

चाडपर्वका समयमा तथा विषेशगरी लामो दूरीका सवारी चालकलाई मादकपदार्थ सेवन नगर्न, निर्धारित गतिमा सवारीसाधन चलाउन र सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आरएसडिसी लघुवित्तले ८ प्रतिशत लाभांश दिने

आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज ११...

सागर डिस्टिलरीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

सागर डिस्टिलरी लिमिटेडले मुक्तिनाथ क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने नबढ्ने

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।  इण्डियन आयल...

दलीय सर्वब्यापकता र भ्रष्ट्राचारको जगमा ‘जेन-जी’को नाममा युवाशक्तिको उदय

दिपक ओली जेन-जीको पछिल्लो आन्दोलन कुनै एक घटना वा एक...

सागर डिष्टिलरीको आईपीओ बाँडफाँड, १ लाख १९ हजार ६४ जनाले पाए १० कित्ता शेयर

सागर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ।  बिक्री प्रबन्धक...

सानिमा बैंकको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

सानिमा बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक...
spot_img
spot_img
spot_img
spot_img