Thursday, September 10, 2026
spot_img

काठमाडौँ १ मा रविन्द्र मिश्रको लगातार तेस्रो हार

spot_img

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रतिनिधिसभा निर्वाचनमा लगातार तेस्रो हार बेहोरेका छन्। उनी यस पटकको निर्वाचनमा पनि काठमाडौँ १ बाट उम्मेदवार रहेकोमा यस पटक पनि उनी पराजित भएका छन् ।

काठमाडौँ १ मा रास्वपाकी रन्जु दर्शना विजयी भएकी छिन्, रन्जुले १५ हजार ४ सय ५५ भोट ल्याएकी छिन्। दोस्रो भएका कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३ सय ६४ मत पाए भने रविन्द्र मिश्र तेस्रो हुँदै ३ हजार ९ सय ६२ भोट मात्र पाए ।

यस अघि २०७९ सालको चुनावमा रविन्द्र मिश्र १३२ भोटले हारेका थिए । २०७९ सालको निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशन सिंह विजयी भएका थिए । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार ११ मत प्राप्त गरेका थिए ।

२०७४ सालमा पनि रविन्द्र मिश्र यहि क्षेत्रबाट ८१८ मतले पराजित भएका थिए  ।  २०७४ साल कांग्रेसका सिंहले नै विजयी भएका थिए । सिंह १० हजार ९३६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले १० हजार ११८ मत प्राप्त गरेका थिए । त्यस समय भने मिश्र विवेकशील साझाका उम्मेदवार थिए ।

कुनै समय रविन्द्र मिश्र र रन्जु दर्शना विवेकशील साझा पार्टीमा थिए।  मिश्र विवेकशील साझा पार्टी छोडेर राप्रपामा गएका थिए । विवेकशील साझा पार्टीले भने यो चुनाव अगाडी रास्वपासंग पार्टी एकता गरेको थियो । कुनै समय एकै पार्टीमा रहेका मिश्र र दर्शना यस पटक फरक पार्टीबाट प्रतिस्पर्धी थिए। तर रविन्द्र मिश्र भने तेस्रो पटक यहि क्षेत्रबाट पराजित भए र यस पटक तेस्रो स्थान मै रहे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उद्योग मन्त्रीद्वारा राजीनामा

उद्योग, वाणिज्य, तथा आपुर्तिमन्त्री गौरि कुमारी यादवले राजीनामा दिएकी...

बाढी प्रभावितलाई नेपाल एसबिआई बैंकद्वारा १ करोड ३१ लाख सहयोग

नेपाल एसबिआई बैंकले हालै आएकोे भोटेकोशी बाढीबाट प्रभावित समुदायको...

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

‘उद्योगीको पाता फर्काएर ग्यासको समस्या समाधान हुँदैन’

नेपाल एलपी ग्यास उद्योग संघका सचिव सुदिप घिमिरेले उद्योगीको...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको Biz24 Managed Wi-Fi Solution 

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा...

हाथवे इन्भेष्टमेन्टद्वारा विजयश्री सुगर मिल्स र इन्दुवा खोला हाइड्रोमा ४० करोड लगानी

हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले दुईवटा परियोजनामा गरि कुल ४०...