Monday, May 4, 2026
spot_img
spot_img

नेपालमा सुरु भयो ‘कोदोको बिस्कुट’ उत्पादन, दशैँ अगाडी भारतमा पनि निकासीको लक्ष्य

spot_img
spot_img

विराटनगरस्थित एसियन बिस्कुट इन्डस्ट्रिजले नेपालमा कोदोको पीठोबाट बिस्कुट उत्पादन सुरु गरेको छ । कम्पनीले कोदोको पीठोबाट बिस्कुट बनाएर त्यसको बजारीकरण सुरु गरेको हो ।

एसियन फुड्सका अनुसार नेपालमा कार्पोरेट हाउसका तर्फबाट कोदोको पीठोको बिस्कुट उत्पादन गरिएको यो पहिलो पटक हो । कम्पनीले आन्तरिक बजारमा मात्रै नभई निर्यातसमेत गर्ने लक्ष्य लिएको र सकेसम्म दशैँ अगाडी नै भारतीय बजारमा कोदोको बिस्कोटको निकासी सुरु गरिने एसियन फूड्सका सञ्चालक महेश जाजूले बिजनेश पानासँगको कुराकानीमा बताएका छन् ।

नेपाली कच्चा पदार्थको उपयोग र प्रवद्र्धन गर्दै मानव स्वास्थ्यलाई समेत ख्यालमा राखेर कोदोको पीठोबाट बिस्कुटको उत्पादन सुरु गरेको बताएको छ । उ‌द्योगका सञ्चालक आशिष जाजूका अनुसार बिस्कुटको मुख्य कच्चा पदार्थ कोदो नेपालकै पहाडी जिल्लाबाट ल्याइन्छ ।

बिस्कुटमा इलामको अलैँचीको धुलो पनि मिसाइएको छ । दालचिनीको धुलो पनि हालिएको छ । कोदो र दालचिनी मधुमेह रोगको रोगथामका लागि लाभदायक उत्पादन हुन् ।

उ‌द्योगले ५० ग्रामको बिस्कुटको खुद्रा बिक्री मूल्य २५ रुपैयाँ तोकेको छ । प्याकेटमै कोदोको बिस्कुट लेखिएको छ ।

कम्पनीले भारतमा निर्यात गर्न पनि तयारी अघि बढाएको छ । भारतमा पठाउने उत्पादनमा भने कोदो लेखिने छैन, भारतमा जाने प्याकेटमा मिलेट र रागी लेखिएको हुनेछ । उद्योगले भारतीय बजारमा दशैँ तिहार अगावै निकासी गरिसक्ने लक्ष्य राखेको छ ।

एसियनले विभिन्न ३० प्रकारका विस्कुट उत्पादन तथा निर्यात गर्दै आएको छ । यो उद्योगले आफ्ना उत्पादन मुख्यगरी भारतीय बजारमै निकासी गर्ने भएपनि अमेरिका, अस्ट्रेलिया र खाडी मुलुकमा पनि एसियन फूड्सका बिस्कुटको निर्यात भइरहेको सञ्चालक जाजू बताउँछन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...

राष्ट्रपतिद्वारा अर्को एउटा अध्यादेश जारी, संवैधानिक परिषद् अध्यादेश भने फिर्ता

राष्‍ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,...

उद्योगी–व्यवसायीलाई बोलाएर रवि लामिछाने भने ‘नडराउनोस् नआत्तिनोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई...

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...
spot_img