Sunday, April 27, 2025
spot_img

नेपालमा सुरु भयो ‘कोदोको बिस्कुट’ उत्पादन, दशैँ अगाडी भारतमा पनि निकासीको लक्ष्य

विराटनगरस्थित एसियन बिस्कुट इन्डस्ट्रिजले नेपालमा कोदोको पीठोबाट बिस्कुट उत्पादन सुरु गरेको छ । कम्पनीले कोदोको पीठोबाट बिस्कुट बनाएर त्यसको बजारीकरण सुरु गरेको हो ।

एसियन फुड्सका अनुसार नेपालमा कार्पोरेट हाउसका तर्फबाट कोदोको पीठोको बिस्कुट उत्पादन गरिएको यो पहिलो पटक हो । कम्पनीले आन्तरिक बजारमा मात्रै नभई निर्यातसमेत गर्ने लक्ष्य लिएको र सकेसम्म दशैँ अगाडी नै भारतीय बजारमा कोदोको बिस्कोटको निकासी सुरु गरिने एसियन फूड्सका सञ्चालक महेश जाजूले बिजनेश पानासँगको कुराकानीमा बताएका छन् ।

नेपाली कच्चा पदार्थको उपयोग र प्रवद्र्धन गर्दै मानव स्वास्थ्यलाई समेत ख्यालमा राखेर कोदोको पीठोबाट बिस्कुटको उत्पादन सुरु गरेको बताएको छ । उ‌द्योगका सञ्चालक आशिष जाजूका अनुसार बिस्कुटको मुख्य कच्चा पदार्थ कोदो नेपालकै पहाडी जिल्लाबाट ल्याइन्छ ।

बिस्कुटमा इलामको अलैँचीको धुलो पनि मिसाइएको छ । दालचिनीको धुलो पनि हालिएको छ । कोदो र दालचिनी मधुमेह रोगको रोगथामका लागि लाभदायक उत्पादन हुन् ।

उ‌द्योगले ५० ग्रामको बिस्कुटको खुद्रा बिक्री मूल्य २५ रुपैयाँ तोकेको छ । प्याकेटमै कोदोको बिस्कुट लेखिएको छ ।

कम्पनीले भारतमा निर्यात गर्न पनि तयारी अघि बढाएको छ । भारतमा पठाउने उत्पादनमा भने कोदो लेखिने छैन, भारतमा जाने प्याकेटमा मिलेट र रागी लेखिएको हुनेछ । उद्योगले भारतीय बजारमा दशैँ तिहार अगावै निकासी गरिसक्ने लक्ष्य राखेको छ ।

एसियनले विभिन्न ३० प्रकारका विस्कुट उत्पादन तथा निर्यात गर्दै आएको छ । यो उद्योगले आफ्ना उत्पादन मुख्यगरी भारतीय बजारमै निकासी गर्ने भएपनि अमेरिका, अस्ट्रेलिया र खाडी मुलुकमा पनि एसियन फूड्सका बिस्कुटको निर्यात भइरहेको सञ्चालक जाजू बताउँछन् ।

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छ्याङ्दी हाइड्रोले पायो हकप्रद निष्काशन अनुमति

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल...

भू–उपग्रह प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गरिने

नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनीबीच कषि...

सहकारी प्राधिकरणले अब गति लिन्छ, अभियानका जायज माग सम्बोधन हुन्छन् : मन्त्री अधिकारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले...

१ खर्बको वैकल्पिक विकास परिचालन विधेयक संसदमा प्रस्तुत

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ...

‘निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर निजी र प्रतिस्पर्धात्मक व्यवस्था ल्याउनुपर्छ’

प्रा.डा.गोपिलाल न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि...

यो वर्ष ५ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, निजी क्षेत्रका समस्या बजेटबाट सम्बोधन हुन्छः डा. खतिवडा

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा....
spot_img