Friday, June 19, 2026
spot_img

यशोदा फुड्सले भन्यो, ‘अदालतले करेन्ट चाउचाउ बेच्न रोकेको छैन’

spot_img
spot_img

करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्स प्रा.लि.ले आफूहरुको उत्पानद र बिक्री वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । यशोदा फुड्सले यशोदा फुड्सका उत्पादनलाई बिक्री वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी दुष्प्रचार गरिएको भन्दैध्यानाकर्षण भएको जनाएको हो ।

एउटा एउटा लेबलविरुद्ध परेको मुद्दापछि आफूहरुले त्यसको उत्पादन नगरेको तर, अन्य उत्पादनहरु यथावत रहेको कम्पनीले जनाएको छ ।

यशोदा फुडसले उद्योग विभागमा करेन्ट रेगुलर २० रुपैयाँमा बिक्री गर्ने चाउचाउको ५ प्याक भनि लेबल दर्ताका लागि आवेदन नं. ०९८२२९ बाट आवेदन दिएको थियो । तर सिजी फुड्सले सो लेबलमा उत्पादन तथा बिक्री वितरणमा रोक लगाई पाऊँ भन्दै निवेदन दिएको थियो ।

करेन्ट नामको ट्रेडमार्क, लेबल समेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिई प्रचलित कानूनभित्र रहेर विभिन्न स्वादका चाउचाउ, लगायतका वस्तु उत्पादन गरिरहेको यशोदा फुड्सले जनाएको छ ।

यस बीचमा मुद्दा अदालतमा पुगेको थियो । सर्वोच्च अदालतले साउन ३२ मा ‘कानुन बमोजिम गर्नू’ भनी आदेश दिएको भएपनि अदालतको आदेशको अपव्याख्या भएको यशोदा फुड्ले जनाएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img