Sunday, May 3, 2026
spot_img
spot_img

नेपालमा सार्वजनिक भयो VIVO V60 मोबाइल: शुन्य प्रतिशत EMI सुविधा, पुरानोसँग साट्न मिल्ने

spot_img
spot_img

स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप भिभो भि६० नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । भिभो भि६० ले जाइस् प्रविधियुक्त क्यामेरा इनोभेसन, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनसहित मोबाइल इमेजिङमा नयाँ मानक स्थापित गरेको जनाएको छ ।

कम्पनीका अनुसार जाइस् अप्टिकल स्ट्यान्डर्ड अनुसार बनेको भिभो भि६० मा ५० मेगापिक्सेलको जाइस् सुपर टेलिफोटो क्यामरा रहेको छ, जसले टाढाबाट पनि स्पष्ट पोट्र्रेट खिच्न सक्दछ । यसको १०ह टेलीफोटो स्टेज पोट्र्रेटले चहकिलो स्टेज लाईटमा पनि उत्कृष्ट प्रदर्शन गर्दछ, जबकि पाँच फरक फोकल लेन्थ (२३ मि.मि.–१०० मि.मि.) ले प्रयोगकर्ताहरूलाई हरेक परिदृश्यलाई अझ सटीक र कलात्मक ढंगले फ्रेम गर्ने सुविधा दिन्छ ।

एआई इमेज स्टुडियोले भि६० को सिर्जनात्मक सम्भावनाहरू थप बढाएको कम्पनीले उल्लेख गरेको छ। कम्पनीका अनुसार यसमा रहेको एआई फोर सीजन पोट्र्रेट मार्फत वसन्त, गर्मी, शरद वा जाडो—चारै ऋतु अनुरूप परिवेशलाई तुरुन्तै पुनः कल्पना गर्न सकिन्छ । क्यामरा सेटअपमा थप रूपमा ५० मेगापिक्सेलको जाइस् मुख्य क्यामरा, ८ मेगापिक्सेलको जाइस् अल्ट्रा वाइड–एङ्गल क्यामरा, र ५० मेगापिक्सेलको जाइस् ग्रुप सेल्फी क्यामरा रहेको छ । यी सबैलाई अल्ट्रा क्लियर फोर के भिडियो र सुधारिएको एआई औरा लाईट सिस्टमले अझ प्रभावशाली बनाएको छ, जसले कम प्रकाशमा समेत उत्कृष्ट परिणाम दिन्छ ।

कम्पनीले भनेको छ ‘डिजाइनको दृष्टिले, भि६० मा इक्वेल देप्थ क्वाड–कर्भ डिस्प्ले राखिएको छ, जसले स्लिम बेजल सहित सहज र आकर्षक दृश्य अनुभव प्रदान गर्छ । पछाडिको स्टार ट्रायल क्यामरा मोड्युलले यसको मिनिमलिस्टिक डिजाइनलाई थप सुन्दर बनाएको छ । यो स्मार्टफोन दुई आकर्षक रङमा मिस्ट ग्रे र बेरी पर्पलमा उपलब्ध हुनेछ ।’

सुदृढताका दृष्टिले, भिभो भि६० मा डायमण्ड शिल्ड ग्लासको प्रयोग गरिएको छ । यसमा रहेको आई पी ६८÷६९ रेटिङको साथ भिभोको नयाँ वानट्याप व्याटर इजेक्सन र डस्ट रिमोवल फिचरले यसलाई अझ धुलो र पानी प्रतिरोधी बनाउँछ । शक्तिशाली ६५०० एमएएच ब्लु भोल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले दिनभरि सहजै साथ दिन्छ । प्रदर्शनतर्फ, यसलाई नयाँ जेनेरेसनको क्वालकम स्न्यापड्रैगन ७ जेन ४ चिपसेट र १२ + १२ जि बी को विस्तारित ¥यामले सहज र छरितो अनुभव प्रदान गर्छ।

कम्पनीका अनुसार भिभो भि६० को नेपालमा प्रि–बुकिङ अगस्ट २९ देखि सेप्टेम्बर २ (भदौ १२–१६) सम्म खुला हुनेछ, र पहिलो बिक्री सेप्टेम्बर ३ (भदौ १७) बाट बाट भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुनेछ । प्रि–बुकिङ गर्ने ग्राहकहरूले भिभो इयरबड्स उपहारस्वरूप प्राप्त गर्नेछन्।

मूल्य तथा उपलब्धताः
१२ जि बी + २५६ जि बी ः रू. ७०,९९९
१२ जि बी + ५१२ जि बी ः ७५,९९९

यो मोबाइल ०% ईएमआईमा पनि उपलब्ध हुनेछ, जसमा ४०% डाउनपेमेन्ट सहित एक वर्षसम्म किस्तामा भुक्तानी गर्न सकिने सुविधा रहेको छ । यसका अतिरिक्त, ग्राहकहरूले भीभोको आधिकारिक एक्सचेन्ज प्लेटफर्म ‘नयापुराना’ मार्फत आफ्नो पुरानो स्मार्टफोनलाई नयाँ भीभो भी६० सँग साट्न सक्छन्। लन्च अफरको रूपमा, भीभो भी६० मा अपग्रेड गर्दा ग्राहकहरूले आफ्नो पुरानो उपकरणको मूल्याङ्कनमा अतिरिक्त रु. २,००० प्राप्त गर्नेछन्। हाल यो सुविधा १०० भन्दा रिटेल स्टोरहरूमा उपलब्ध छ र निकट भविष्यमा अझ विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...

राष्ट्रपतिद्वारा अर्को एउटा अध्यादेश जारी, संवैधानिक परिषद् अध्यादेश भने फिर्ता

राष्‍ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,...

उद्योगी–व्यवसायीलाई बोलाएर रवि लामिछाने भने ‘नडराउनोस् नआत्तिनोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई...

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...
spot_img