Friday, May 23, 2025
spot_img

भिभो वाई २८ सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

spot_img

भिभोले आफ्नो वाई शृंखलाको भिभो वाई २८ सार्वजनिक गरेको छ । काठमाडौँ कमलादीस्थित २५६ फिट उचाईमा रहेका स्काइवाक टावरबाट कम्पनीले सो मोबाइल सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार ७.९९ मिमि अल्ट्रा–स्लिम बडीमा ६००० एमएएच पावरफुल ब्याट्रीको साथ भिभोले स्मार्टफोन डिजाइनलाई पुन ः परिभाषित गरेको छ । भिभो वाई २८ ग्लीेमिङ ओरेञ्ज र एगेट ग्रीन कलर भेरियन्टमा उपलब्ध हुनेछ । यसमा मेटालिक हाई–ग्लोस फ्रेम र अद्वितीय रूपमा निर्मित रियर क्यामेरा मोड्युल छन्, जसमा डाइनामिक लाइट समावेश छ , जसले संगीत र नोटिफिकेसनसहरूसँग सिङ्क गरी एक आकर्षक दृश्य र श्रवण अनुभव प्रदान गर्दछ ।

कम्पनीले भनेको छ ‘भिभो वाई २८ विशाल ६००० एमएएच ब्याट्री संग सुसज्जित छ, जसमा ४४ वाट फ्ल्यास चार्ज पनि छ, जसले विस्तारित गेमिङ र पूर्ण दिनको आउटिंगका लागि पर्याप्त शक्ति प्रदान गर्दछ । यसको स्थायित्वको लागि यस्मा चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिइएको छ , जसले १६०० चार्ज साइकल पछि पनि कम्तीमा ८० % क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्दछ ।’

कम्पनीका अनुसार भिभो वाई २८ मा ९० हर्ट्ज रिफ्रेश रेट र हाई ब्राइटनेस मोड भएको सनलाइट आई प्रोटेक्शन स्क्रिन छ, जसले स्पष्ट दृश्य र कम आँखा थकान सुनिश्चित गर्दछ । यस स्क्रिनमा टीयूभी राइनल्याण्ड लो ब्लू लाइट प्रमाणीकरण पनि समेटिएको छ , जसले आँखालाई हानिकारक निलो प्रकाशबाट सुरक्षा प्रदान गर्दछ । डुअल स्टीरियो स्पिकरको साथ ३०० % अडियो बूस्टर सुविधा पनि रहेको भिभो वाई २८ ले एक अद्वितीय अडियो–भिजुअल अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

भिभो वाई २८ मा रहेको ५० एमपी एचडी मुख्य क्यामेराले सबै विवरणलाई स्पष्टतासहित क्याप्चर गरी प्रयोगकर्ताहरूलाई प्रशंसनीय फोटोग्राफी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा औरा स्क्रिन लाइटसँग सुसज्जित रहेको र यसले सेल्फीहरूलाई अझ उज्यालो र जीवन्त तुल्याउने कम्पनीको भनाई छ  ।

भिभो वाई २८ जुलाई ४ देखि सबै भिभो रिटेल स्टोरहरूमा र अनलाइन दराज मार्फत रु. २४,९९९ मा ८÷१२८ जीबी र रु. २६,९९९ मा ८÷२५६ जीबीमा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img