Wednesday, June 18, 2025
spot_img

बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडर नियुक्त हुदाँ म धेरै खुसी छु : लामिछाने

spot_img
spot_img

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् ।
सोमबार बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
सन्दीप २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बासेडर रहनेछन् । बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीले सम्झौता रकम भने खुलाएको छैन ।
सम्झौता पछि बोल्दै सन्दीपले बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीसँग सम्झौताले आफुलाई धेरै हौसला प्रदान गर्ने बताएका छन् । साथै उनले खेल जीवनमा धेरै सहयोग पुग्ने बताए ।
‘बृज सँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ’, लामिछानेले भने ।
यस्तै बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीप जस्तो खेलाडी कन्सलटेन्सीसँग जोडिनु सकारात्मक भएको बताए ।
साथै उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको बताए ।
`सन्दीपलाई ब्रान्ड एम्बेसडरको हुँदा कन्सलटेन्सीलाई ठूलो सहयोग पुग्ने छ । साथै यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पुगाउन्छ,´ गिरीले भने ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img