Saturday, September 5, 2026
spot_img

फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा

spot_img

स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । फ्रान्स माथि २–१ को पुनरागमन जित निकाल्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो ।

खेलको ९औँ मिनेटमा नै फ्रान्सले खेलमा अग्रता लिएको थियो । किलियन एमबाप्पेको सुन्दर क्रसमा रान्डाल मुआनीले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

२१औं मिनेटमा स्पेनले बराबरी गोल फर्कायो । १६ वर्षीय लामिन यमालले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

२५औं मिनेटमा स्पेनले अग्रता लियो । ड्यानी ओल्मोले शक्तिशाली प्रहार गर्दै गोल गरे । यसपछि कुनै गोल नहुँदा स्पेन २–१ ले विजयी हुँदै फाइनल पुग्यो ।

स्पेनले अब भोली हुने इङ्ल्यान्ड र नेदरल्याण्ड्स बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । स्पेन २०१२ पछि पहिलो युरो उपाधिको खोजीमा छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...