Tuesday, August 18, 2026
spot_img

कांग्रेस सांसदको टिप्पणीः बालेन पैसा र बैंसले मात्तिएका छन्

spot_img

नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह पैसा र बैंसले मात्तिएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद तामाङले महानरमा पैसा धेरै भएर बालेन साह मात्तिएको टिप्पणी गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाभित्र तीनै तहका सरकारबीच समन्वय नहुने गरेको भन्दै उनले महानगरका मेयर बालेनको कार्यशैली ठिक नभएको बताएका हुन् ।

‘महानगरपालिकाले कहिले ल्याएर सडक विभागमा फोहोर फालिदिन्छ, कहिले सिंहदरबारभित्र फोहोर फालिदिन्छु भन्ने, कहिले प्रधानमन्त्री कार्यालयमा फोहोर फालिदिन्छु भन्ने, यो राम्रो भएन’ सांसद तामाङले भने, ‘एउटा गीत छ, कोहीकोही मात्तिन्छ पैसाले, कोहीकोही मात्तिन्छ बैंसले भन्ने । यो महानगर पालिकामा पैसा पनि बेसी भयो, बैंस पनि भयो । दुइटैले मात्तिएजस्तो छ ।’

उनले काठमाडौँ महानगरलाई जिम्मेवारी कम भएकाले जथाभावी गर्दै हिडेको भन्दै महानगरको जिम्मेवारी थप गर्न समेत सुझाए ।

‘यस (महानगर)लाई महानगरभित्रको विकास, खानेपानी सबै काम गर्न जम्मा लगाइदिन पायो भने बैंसले पनि मात्तिदैँन, पैसाले पनि मात्तिदैँन’, उनले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु, यो ३२ वटै वडामा नेपाल सरकारले कुनै पनि बजेट नदिने । ३२ वटै वडामा नगरपालिकाले नै खानेपानी, फुटपाथ, ढल र कालोपत्रेको काम गर्ने गरी जिम्मा लगाउन सकिन्छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...
spot_img