Tuesday, March 18, 2025
spot_img
spot_img

कांग्रेस सांसदको टिप्पणीः बालेन पैसा र बैंसले मात्तिएका छन्

नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह पैसा र बैंसले मात्तिएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद तामाङले महानरमा पैसा धेरै भएर बालेन साह मात्तिएको टिप्पणी गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाभित्र तीनै तहका सरकारबीच समन्वय नहुने गरेको भन्दै उनले महानगरका मेयर बालेनको कार्यशैली ठिक नभएको बताएका हुन् ।

‘महानगरपालिकाले कहिले ल्याएर सडक विभागमा फोहोर फालिदिन्छ, कहिले सिंहदरबारभित्र फोहोर फालिदिन्छु भन्ने, कहिले प्रधानमन्त्री कार्यालयमा फोहोर फालिदिन्छु भन्ने, यो राम्रो भएन’ सांसद तामाङले भने, ‘एउटा गीत छ, कोहीकोही मात्तिन्छ पैसाले, कोहीकोही मात्तिन्छ बैंसले भन्ने । यो महानगर पालिकामा पैसा पनि बेसी भयो, बैंस पनि भयो । दुइटैले मात्तिएजस्तो छ ।’

उनले काठमाडौँ महानगरलाई जिम्मेवारी कम भएकाले जथाभावी गर्दै हिडेको भन्दै महानगरको जिम्मेवारी थप गर्न समेत सुझाए ।

‘यस (महानगर)लाई महानगरभित्रको विकास, खानेपानी सबै काम गर्न जम्मा लगाइदिन पायो भने बैंसले पनि मात्तिदैँन, पैसाले पनि मात्तिदैँन’, उनले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु, यो ३२ वटै वडामा नेपाल सरकारले कुनै पनि बजेट नदिने । ३२ वटै वडामा नगरपालिकाले नै खानेपानी, फुटपाथ, ढल र कालोपत्रेको काम गर्ने गरी जिम्मा लगाउन सकिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी...

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...

पहुँचको नभइ पद्धतिको थिति बसाल्न प्रयत्न गर्छु: नव नियुक्त आइजिपी थापा

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई दज्र्यानी चिन्ह...

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान भएको...
spot_img