Tuesday, March 3, 2026
spot_img

शुक्रबारबाट सुरु हुँदै कोपा अमेरिका, अर्जेन्टिना र युरुग्वेलाई इतिहास रच्ने अवसर

spot_img
spot_img

जर्मनीमा युरोपेली देश सहभागी युरो कप फुटबल प्रतियोगिता चलिरहेको बेला शुक्रबारदेखि अमेरिकी महादेशका फुटबल हस्तीहरु भिड्ने कोपा अमेरिका फुटबल प्रतियोगिता  सुरु हुन लागेको छ।  यो प्रतियोगिता २०२४ जुलाई १४ तारिखसम्म अमेरिकामा चल्ने छ।

प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार बिहान नेपाली समय अनिसार बिहान ५:४५ बजे अर्जेन्टिना र क्यानडा भिड्दै छन् । अर्जेन्टिना प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो भने क्यानाडाले  पहिलो पटक कोपा अमेरिका खेल्न लागेको हो ।

यो कोपा अमेरिकाको ४८ औ संस्करण हो । प्रतियोगिता साउथ अमेरिकी फुटबल संघले आयोजना गर्ने गरेको छ।

यस प्रतियोगितामा १६ टिम सहभागी छन् । १६  टिमलाई हरेक समुह ४ वटा देश रहने गरि ४ वटा समुहमा विभाजन गरिएको छ।जसमा  समुह चरणमा हरेक टिमले आफ्नो टिममा रहेका अर्को देशसँग समान १-१ खेल खेल्ने छ । सबै टिमले समुह चरणमा ३ खेल खेलेपछि समुह चरणको शिर्ष २ रहने टिम नकआउटमा पुग्ने छन् ।

कुन देश कुन समुहमा ?

समुह ए : अर्जेन्टिना, पेरु, चिली, क्यानडा

समुह बि :  मेक्सिको, इक्वेडर, भेनेजुएला, जमाईका

समुह सी:  अमेरिका, युरुग्वे, पानामा, बोलिभिया

समुह डि:  ब्राजिल,कोलम्बिया, पाराग्वे, कोस्टारिका

यी मध्ये युरुग्वे सर्वाधिक ४६ औ पटक प्रतियोगिता खेल्दै छ । त्यस्तै अर्जेन्टिना ४४ औ पटक प्रतियोगिता खेल्दै छ । चिली ४१ औ, पाराग्वे ३९ औ, र ब्राजिल ३८ औ पटक  प्रतियोगिता खेल्दै छन् ।

अर्जेन्टिना प्रतियोगिताको सर्वाधिक सफल टिम पनि हो । अर्जेन्टिनाले हालसम्म १५ पटक उपाधि जितेको छ भने १४ पटक उपविजेता बनेको छ । युरुग्वेले पनि १५ पटक उपाधि जितेको छ भने ६ पटक उप बिजेता बनेको छ । ब्राजिलले ९ पटक उपाधि जितेको छ भने १२ पटक उपविजेता भएको छ।  पाराग्वे, चिली र पेरुले समान २-२ पटक उपाधि जितेका छन् । त्यस्तै बोलिभिया र कोलम्बियाले समान १-१ पटक उपाधि जितेका छन् ।

अर्जेन्टिना र युरुग्वेको उपाधि संख्या हालसम्म समान १५-१५ रहेकोले यी दुई टिमलाई थप १ उपाधि जितेर इतिहास रच्ने मौका एक पटक छ ।  अर्जेन्टिना गत संस्करणको बिजेता टिम हो ।  अर्जेन्टिनाले ब्राजिललाई हराउदै उपाधि जितेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इरानको द्वन्द्व छिटो समाधान नभए नेपाल आउने ४१ प्रतिशत रेमिट्यान्स प्रभावित हुन्छ: खरेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको...

विदेशका द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्छ: वाणिज्य विद् सैंजु

वाणिज्य विद् रवि शंकर सैंजुले मध्य पुर्ब तथा पश्चिम्...

घोराही सिमेन्ट सहित नेप्सेमा दुई वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज  मंगलबार दुई वटा कम्पनीको...

मध्यपुर्वको द्वन्द्वले नेपालमा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुँदैन: व्यवसायी घिमिरे

पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति...

शेयरबजारमा ३८.५२ अंकको वृद्धि, चुनावअघि कन्फिडेन्ट देखिए लगानीकर्ता

फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन भन्दा अगाडिको...

यी हुन् ८३ सालमा हुने सार्वजनिक विदा: दशैँमा ८ दिन, तिहारमा ६ दिन (सूचीसहित)

सरकारले २०८३ सालमा प्रदान गरिने सार्वजनिक  विदाको सूची सार्वजनिक...
spot_img