Friday, January 23, 2026
spot_img

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा हुँदै, सम्पूर्ण तयारी पुरा

spot_img
spot_img

विश्‍व वैंक समूहको IDA 21 Cycle को तेस्रो Replenishment बैठक यही असार ४ देखि ७ गते (१८ जुन देखि २१ जुन २०२४) सम्म काठमाडौंमा आयोजना हुदैछ। बैठक आयोजना गर्न नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी नेपालमा सञ्चालन गर्न लागेको उक्त बैठकमा विश्‍व वैंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्गलगायत उच्च पदस्थ पदाधिकारी सहित ६१ देशका करीब २०० भन्दा बढीप्रतिनिधहरुको सहभागिता रहने छ।

उ क्त बैठकको उद्‍घाटन भोलि चैत्र ४ गते सोमबारका दिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम रहेको छ। आगामी ३ वर्षका लागि IDA देशहरुलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सो को लागि आवश्यक वित्तीय स्रोतको प्रतिवद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरु बीच ४ दिनसम्म प्रविधिक सत्रमा गहन छलफल हुनेछ।

सोही अवसरमा बैठकमा सहभागीहरुबाट विश्‍व वैंक समेतका सहयोगमानेपालमा सञ्‍चालित शिक्षा, खानेपानी, पुनर्निमाण, उर्जा, जलवायु लगायतका क्षेत्रसंग सम्बन्धित विभिन्न ९ वटा आयोजनाहरुको समेत स्थलगत भ्रमण हुनेछ। नेपालमा सञ्चालन भएका आयोजनाको प्रगति र अवस्थाका बारेमा विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्नेछ ।

दक्षिण एशियामै पहिलो पटक आयोजना हुन लागेको विश्व बैकको उक्त प्रकृतिको उच्च स्तरीय बैठकको तयारी सम्पन्‍न भएको छ। काठमाडौं स्थित होटल सोल्टीमा सञ्चालन हुने उक्त वैठकमा सहभागिताको लागि हालसम्म विभिन्न देश तथा विश्व बैकबाट करिब १५० जनाभन्दा बढीप्रतिनिधिहरु काठमाडौं आइपुग्नु भएको छ र आज रातीसम्म सबै प्रतिनिधिहरु आउने योजना रहेको छ।

उक्त बैठकको आयोजनाबाट नेपालको बिकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई हुने, नेपालका विकास प्राथमिकतालाई IDA को नीति प्रथमिकता संग तादम्य गराउन अवसर मिल्ने, अन्तराष्ट्रिय स्तरमा पहिचान बढने, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढ्ने, पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमासमेत टेवा पुग्ने विश्वास लिइएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनाव आउन ४१ दिन बाँकी, उम्मेदवारहरुले आज निर्वाचन चिह्न पाउने

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः००...

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

नेपाल लाइफ क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको...

पाल्पा सिमेन्टको वैदेशिक रोजगारी कोटाको आईपीओ आज बाँडफाँड हुँदै

पाल्पा सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ...

वैदेशिक रोजगारीमा रहेकाले शिखर पावरको आईपीओ भर्ने आज अन्तिम दिन

शिखर पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन...

५० मेगावाटको मर्स्याङ्दीवेसी जलविद्युत आयोजनाको अवरोध हट्यो, अब निर्माण सुरु हुने

लमजुङ जिल्लाका सबै राजनीतिक दलहरु ५० मेगावाट क्षमताको मर्स्याङ्दी...

SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधन खरिद गर्दा रिलायन्स फाइनान्सले ऋण दिने

नेपालमा SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधनहरूको एकमात्र वितरक...
spot_img
spot_img