Thursday, May 22, 2025
spot_img

ढुवानीकर्ताको आन्दोलनः पेट्रोल पम्प बन्द, उपभोक्तालाई सास्ती

पेट्रोलियम पदार्थको ढुवानीकर्ताहरुले पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि काठमाडौँ उपत्यकाका पेट्रोल पम्पहरुमा डिजेल पेट्रोलको अभाव भएको छ । हिजो आइतबार दिउँसोदेखि नै पम्पहरुमा स्टक सकिएको भन्दै पेट्रोल पम्पहरुले तेल दिन छोडेका छन् ।

आज सोमबार पनि पम्पहरुबाट तेल वितरण हुन सकेको छैन । ढुवानीकर्ताहरुले पेट्रोलियम पदार्थ ढुवानी नगरेको र स्टक सकिएका कारण पम्प नै बन्द गर्नुपरेको व्यवसायीहरुले बताएका छन् । पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालकहरुले ७ बुँदे माग राखेर इन्धनको ढुवानी ठप्प पारेपछि अहिले काठमाडौँ उपत्यकाभरी पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।

साझा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको पेट्रोल पम्पबाहेक अन्य पम्पहरु प्रायः बन्द अवस्थामा छन् ।

काठमाडौँको सानो भ¥याङ, सोह्रखुट्टे, बालाजु, वनस्थली क्षेत्रमा आइतबार बिहानैदेखि सवारी लिएर हिड्नेहरु पम्पतिर प्रवेश गर्दै फर्किदैँ गरेका छन् । जसका कारण सेना, प्रहरी र सशस्त्र प्रहरीले संचालन गरिरहेका पेट्रोल पम्पहरुमा सवारी साधनहरुको लामो लाइन लागेको छ ।

पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तुको सूचीमा पर्छ । अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार अत्यावश्यक वस्तुको ढुवानी तथा बिक्री वितरणमा अवरोध गर्न पाइँदैन । तर, पेट्रोलियम पदार्थ ढुवानी चालक संघले शनिबारदेखि नै हड्ताल गर्दै इन्धनको ढुवानी ठप्प पारिदिएका छन् ।

त्यसो त, चालकहरुले गत मंगलबार नै विज्ञप्ति जारी गर्दै सरकारसमक्ष आफ्ना मागहरु राखेका थिए । तोकिए अनुसारको तलब दिनुपर्ने, श्रम ऐनबमोजिम नियुक्तपत्र दिनुपर्ने, आवश्यक तापक्रमको सही व्यवस्था गरिनुपर्ने, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने, प्रत्येक ३ महिनामा सुरक्षा सतर्कतासम्बन्धी तालिम दिनुपर्ने लगायतका माग राखेका छन् । तर, ति आफ्ना मागहरु सुनुवाई नभएपछि बाध्य भएर हड्ताल गर्नुपरेको संघका अध्यक्ष ईश्वर लामाको भनाई छ ।

यस विषयमा आयल निगमले वार्ता र छलफल सुरु गरिएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img