Thursday, July 16, 2026
spot_img

ढुवानीकर्ताको आन्दोलनः पेट्रोल पम्प बन्द, उपभोक्तालाई सास्ती

spot_img

पेट्रोलियम पदार्थको ढुवानीकर्ताहरुले पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि काठमाडौँ उपत्यकाका पेट्रोल पम्पहरुमा डिजेल पेट्रोलको अभाव भएको छ । हिजो आइतबार दिउँसोदेखि नै पम्पहरुमा स्टक सकिएको भन्दै पेट्रोल पम्पहरुले तेल दिन छोडेका छन् ।

आज सोमबार पनि पम्पहरुबाट तेल वितरण हुन सकेको छैन । ढुवानीकर्ताहरुले पेट्रोलियम पदार्थ ढुवानी नगरेको र स्टक सकिएका कारण पम्प नै बन्द गर्नुपरेको व्यवसायीहरुले बताएका छन् । पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालकहरुले ७ बुँदे माग राखेर इन्धनको ढुवानी ठप्प पारेपछि अहिले काठमाडौँ उपत्यकाभरी पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।

साझा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको पेट्रोल पम्पबाहेक अन्य पम्पहरु प्रायः बन्द अवस्थामा छन् ।

काठमाडौँको सानो भ¥याङ, सोह्रखुट्टे, बालाजु, वनस्थली क्षेत्रमा आइतबार बिहानैदेखि सवारी लिएर हिड्नेहरु पम्पतिर प्रवेश गर्दै फर्किदैँ गरेका छन् । जसका कारण सेना, प्रहरी र सशस्त्र प्रहरीले संचालन गरिरहेका पेट्रोल पम्पहरुमा सवारी साधनहरुको लामो लाइन लागेको छ ।

पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तुको सूचीमा पर्छ । अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार अत्यावश्यक वस्तुको ढुवानी तथा बिक्री वितरणमा अवरोध गर्न पाइँदैन । तर, पेट्रोलियम पदार्थ ढुवानी चालक संघले शनिबारदेखि नै हड्ताल गर्दै इन्धनको ढुवानी ठप्प पारिदिएका छन् ।

त्यसो त, चालकहरुले गत मंगलबार नै विज्ञप्ति जारी गर्दै सरकारसमक्ष आफ्ना मागहरु राखेका थिए । तोकिए अनुसारको तलब दिनुपर्ने, श्रम ऐनबमोजिम नियुक्तपत्र दिनुपर्ने, आवश्यक तापक्रमको सही व्यवस्था गरिनुपर्ने, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने, प्रत्येक ३ महिनामा सुरक्षा सतर्कतासम्बन्धी तालिम दिनुपर्ने लगायतका माग राखेका छन् । तर, ति आफ्ना मागहरु सुनुवाई नभएपछि बाध्य भएर हड्ताल गर्नुपरेको संघका अध्यक्ष ईश्वर लामाको भनाई छ ।

यस विषयमा आयल निगमले वार्ता र छलफल सुरु गरिएको बताएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img