Wednesday, July 29, 2026
spot_img

श्री केश तेलको बिक्रि बन्द, महानगरले बोर्ड पनि हटायो

spot_img

काठमाडौँ महानगरपालिकाले श्री केश तेलको मुख्य कार्यालयमा छापा मारेको छ । कपाल उमार्ने, झर्नबाट रोक्ने भन्दै ३ हजार रुपैयाँ प्रतिगोटा शुल्क लिएर बिक्री गर्दै आएको श्री केश तेलको कार्यालयमा महानगरले छापा मारेको हो ।

बिना कुनै अध्ययन र वैज्ञानिक प्रमाणित बिना नै जडीबुटीयुक्त तेल भन्दै महँगो शुल्क लिएर तेल बिक्री गरिरहेको भन्दै आलोचना भइरहेका बेला महानगरले कार्यालयमा छापा मारेर तत्कालका लागि बिक्री वितरण बन्द गराएको हो ।

काठमाडौँ महानगरका राजस्व विभागका प्रतिनिधि टंकप्रसाद बरालले आइतबारबाटै तेल बिक्री वितरणमा रोक लगाइएको बताए । उनका अनुसार अध्ययनका लागि केही स्याम्पल लिइएको र ति स्याम्पलका विषयमा अध्ययन गरेर केही दिनभित्रै रिपोर्ट सार्वजनिक गरिने छ ।

कम्पनीको दर्ता प्रक्रिया ठिक भए पनि तेलको गुणस्तर कस्तो छ भन्ने विषयमा अध्ययन गर्न तत्कालका लागि बिक्रि बन्द गरिएको महानगरले जनाएको छ । महानगरका अनुसार ३ दिनका लागि बिक्री वितरण नगर्न र महानगरले सोधेको स्पष्टीकरण बुझाउन भनिएको छ ।

सप्तऋषि आयल एन्ड कस्मेटिक प्रा.लि.ले उत्पादन गर्दै आएको श्री केश तेल १ बोतल तेलको ३ हजार रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ । महानगरले कार्यालयमा रहेको बोर्ड पनि हटाइदिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगीलाई अर्थमन्त्रीले सोधे, ‘नयाँ लगानी कहाँ अड्कियो ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुलाई ‘नयाँ लगानी आउन...

प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...
spot_img