श्री केश तेलको बिक्रि बन्द, महानगरले बोर्ड पनि हटायो

spot_img

काठमाडौँ महानगरपालिकाले श्री केश तेलको मुख्य कार्यालयमा छापा मारेको छ । कपाल उमार्ने, झर्नबाट रोक्ने भन्दै ३ हजार रुपैयाँ प्रतिगोटा शुल्क लिएर बिक्री गर्दै आएको श्री केश तेलको कार्यालयमा महानगरले छापा मारेको हो ।

बिना कुनै अध्ययन र वैज्ञानिक प्रमाणित बिना नै जडीबुटीयुक्त तेल भन्दै महँगो शुल्क लिएर तेल बिक्री गरिरहेको भन्दै आलोचना भइरहेका बेला महानगरले कार्यालयमा छापा मारेर तत्कालका लागि बिक्री वितरण बन्द गराएको हो ।

काठमाडौँ महानगरका राजस्व विभागका प्रतिनिधि टंकप्रसाद बरालले आइतबारबाटै तेल बिक्री वितरणमा रोक लगाइएको बताए । उनका अनुसार अध्ययनका लागि केही स्याम्पल लिइएको र ति स्याम्पलका विषयमा अध्ययन गरेर केही दिनभित्रै रिपोर्ट सार्वजनिक गरिने छ ।

कम्पनीको दर्ता प्रक्रिया ठिक भए पनि तेलको गुणस्तर कस्तो छ भन्ने विषयमा अध्ययन गर्न तत्कालका लागि बिक्रि बन्द गरिएको महानगरले जनाएको छ । महानगरका अनुसार ३ दिनका लागि बिक्री वितरण नगर्न र महानगरले सोधेको स्पष्टीकरण बुझाउन भनिएको छ ।

सप्तऋषि आयल एन्ड कस्मेटिक प्रा.लि.ले उत्पादन गर्दै आएको श्री केश तेल १ बोतल तेलको ३ हजार रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ । महानगरले कार्यालयमा रहेको बोर्ड पनि हटाइदिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...