दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुंजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८ सय रुपैयाँको ५६.६२ प्रतिशतले हुन आउने १ करोड १९ लाख ३८ हजार ७ सय १४ दशमलव ५८ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो।
कम्पनीको गत पुस २१ गते सम्पन्न साधारणसभाले हकप्रद निष्काशन गर्ने पस्ताव पारित गरेको थियो। कम्पनीले यस अघि २०८१ चैत्र १९ देखि २०८२ वैशाख १४ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद सेयर जारी गरेको थियो। एक वर्षपनि नबित्दै कम्पनीले फेरि हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।












