घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले हक्रप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले फागुन १४ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको प्रति १ कित्ता शेयरको हकमा ०.७५ कित्ताको अनुपातमा अर्थात् ७५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो । कम्पनीले ३ अर्ब ७६ करोड ८३ लाख ४० हजार ७ सय ३ रुपैयाँको ३ करोड ७६ लाख ८३ हजार ४ सय ७ दशमलव ०३ कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशनको निर्णय गरेको हो । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।












