पाँचथर पावर कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले मङ्सिर १७ गते बोर्डमा आवेदन दिएको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले ९६ करोड २५ लाख रुपैयाँको ९६ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।
हकप्रद निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













