Saturday, May 2, 2026
spot_img
spot_img

सिटी होटेलको हकप्रद बाँडफाँड, २१ लाख कित्ता बढी शेयर लिलामा आउने

spot_img
spot_img

सिटी होटेल लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ।  बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कार्तिक ११ गते हकप्रद शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले  हाल कायम चुक्ता पुँजीको ८० प्रतिशतले हुन आउने  १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार निष्काशन गरेको थियो। जसमा रितपुर्वक आवेदन दिने ४९ हजार १ सय ८५ जना आवेदकलाई १ करोड १२ लाख ४१ हजार ५ सय ८२ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।   यस संगै बिक्री नभएको २१ लाख ५० हजार ४ सय १८ कित्ता शेयर लिलाममा आउने छ।

क्यापिटलले हकप्रदमा नपरेको रकम कार्तिक १२ गते बुधबार देखि सम्बन्धित लगानीकर्ताको बैंक खातामा नै फिर्ता गरिने जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले साउन ४ गते  सिटी होटेल लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img