राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रदमा आवेदन दिने अवधि थप भएको छ । म्याद थप भएसंगै अब कम्पनीको हकप्रदमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ।
कम्पनीले असार १ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो। कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।
कम्पनीले हकप्रद निष्काशनको लागि जेठ ६ गते बुक क्लोज गर्ने निर्णयले जेठ ५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले वैशाख २५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।