Wednesday, June 24, 2026
spot_img

विद्युत बिक्री आम्दानी घट्दा पनि ४२ प्रतिशतले बढ्यो सिनर्जी पावरको खुद नाफा

spot_img
spot_img

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४२.३२ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले ९ करोड ८६ लाख ४८ हजार खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६ करोड ९३ लाख ४२ हजार थियो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी भने घटेको छ ।कम्पनीको विद्युत बिक्रीको आम्दानी १९.९१ प्रतिशतले घटेर १५ करोड ९१ लाख कायम भएको छ । कम्पनीको ब्याज आम्दानी १४४८ प्रतिशतले बढेको छ भने कम्पनीले कुल खर्च २५.६८ प्रतिशतले घटाएको छ । ब्याज आम्दानी बढ्दा र खर्च घटाउदा विद्युत बिक्रीको आम्दानी घटे पनि कम्पनीको खुद नाफा बढेको देखिन्छ ।

कम्पनीको प्रति शेयर आम्दानी १.७४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ११०.३५ रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पूंज १ अर्ब २० करोड रहेको छ भने रिजर्भमा ९ करोड ८६ लाख रहेको छ ।

कम्पनीले प्रबद्र्धन गरको सिप्रिङ खोला जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणको निर्देशन बमोजिम सञ्चालन गर्दा पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएको कारण विद्युत बिक्री आम्दानी घट्न गएको कम्पनीले जनाएको छ । कम्पनीले सोलुखुम्बु जिल्लामा निर्माण हुने मध्य होङ्गु खोला “ए” जलविद्युत आयोजना (२२ मे.वा.) को प्रबद्र्धक कम्पनी एपेक्स
मकालु हाइड्रो पावर लिमिटेडमा ४० प्रतिशत स्वपूँजी लगानी गर्ने प्रतिवद्धता बमोजिम रू ४४,२७,४४,०००÷– लगानी गरेको छ । उक्त आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img