Wednesday, June 24, 2026
spot_img

२८८ प्रतिशतले बढ्यो नेपाल रिपब्लिक मिडियाको खुद नाफा

spot_img
spot_img

नेपाल रिपब्लिक मिडियाले आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । जस अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा २८८.२९ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले ४० लाख ७७ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १० लाख ५० हजार थियो । यस अवधिमा कम्पनीको आम्दानी १६.३० प्रतिशतले घटेर १८ करोड ८० लाखमा सिमित भएको छ। त्यस्तै कम्पनीको संचालन मुनाफा पनि २१.६० प्रतिशतले घटेर ६ करोड ६ लाख कायम भएकोछ।

आम्दानी घटे पनि कम्पनीको वित्तीय शुल्क ६ करोड २४ लाख रुपैयाँबाट घटेर ३ करोड ७१ लाख रुपैयाँमा झरेकोले कम्पनीको खुद नाफा बढेको देखिन्छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ०.४२ रुपैयाँ तथा प्रति शेयर नेटवर्थ ८८.४१ रुपैयाँ रहेको छ । कम्पनीकोचुकता पुँजी ९६ करोड ७५ लाख रहेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img