Sunday, February 9, 2025
spot_img

८२ प्रतिशतले बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा

निर्जीवन बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ८२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३७ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ६९ करोड २३ लाख नाफा आर्जन गरको छ ।

कम्पनीको खुद प्रिमियम आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ७८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष खुद प्रिमियम आम्दानी १ अर्ब ११ करोड रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब ९८ करोड छ ।

कम्पनीको कुल आम्दानी अघिल्लो आर्थिक वर्षमा २ अर्ब १ करोड रहेकोमा गत आर्थिक वर्षमा ३ अर्ब ५ करोड पुगेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५२ पैसा रहेकोमा गत आर्थिक वर्षमा २४ रुपैयाँ ६७ पैसा छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ २७३ रुपैयाँ ५० पैसा छ । मंगलबार दोस्रो बजारमा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता १०३१ रुपैयाँ छ ।

- Advertisement -

spot_img

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सर्‍यो

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१औँ वार्षिक साधारणसभा र...

शेयरबजारमा गिरावट: २ कम्पनीमा सकारात्मक सर्किट

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से घटेको...

बुद्ध एयरको भ्यालेन्टाइन अफर सार्वजनिकः एउटा टिकट किन्दा अर्को टिकट ‘फ्री’

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भ्यालेन्टाइन डे...

‘परल मूल्य’मै ग्यास बेच्ने तयारी, घरायशी ग्राहकलाई खातामा अनुदान रकम

नेपाल आयल निगमले खाना पकाउने ग्यास परल मूल्यमै बिक्री...

काठमाडौं र ललितपुरमा टोटल लुब्रिकेन्ट्सको सर्भिस क्याम्प सम्पन्न

टोटल इनर्जीजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्यूब आयल...