Friday, May 23, 2025
spot_img

एचआईडीसीएलको नाफा बढ्यो, प्रतिशेयर आम्दानीमा पनि वृद्धि

spot_img

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को नाफा बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमाससम्म कम्पनीले १ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३१ पैसाले बढेर ६ रुपैयाँ ३५ पैसा पुगेको छ।

कम्पनीको वित्तीय आम्दानी भने ३.०४ प्रतिशतले घटेर २ अर्ब ८ करोड ५८ लाख रुपैयाँ कायम भएको छ भने लाभांश आम्दानी १९.३७ प्रतिशतले घटेर १ करोड ७ लाख कायम भएको छ ।

कम्पनीको अन्य आम्दानी भने १ लाख ९१ हजार रुपैयाँबाट बढेर १ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९५ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी २२ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब १९ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img