Friday, May 23, 2025
spot_img

कुथेली बुखरीको नाफा डेढ करोड, प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा

spot_img

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ५७ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले १ करोड ४२ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी ३ करोड ३७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल नाफा ३ करोड ३ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा २ करोड ३२ लाख १० हजार रुपैयाँ रहेको छ । उक्त कम्पनीको वित्तीय खर्च ५९ लाख ८ हजार रहेको छ भने अन्य आम्दानी १५ लाख ३३ हजार छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ९५ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ११६.७० गुणा रहेको छ।

चुक्ता पुँजी १२ करोड १८ लाख रुपैयाँ रहेको कुथेलीको जगेडा कोषमा ७ करोड ५५ लाख रुपैयाँ रहेको छ । यो जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा महँगो शेयरमूल्य भएको कम्पनी हो । दोस्रो बजारमा कम्पनीको शेयर साउन २८ गते २ हजार २०८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो ।

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img