Sunday, July 12, 2026
spot_img

चिरख्वा हाइड्रोले विद्युत बेचेर ४५ दिनमै कमायो १ करोड १३ लाख

spot_img

आर्थिक वर्ष २०८०/८१ मा चिरख्वा हाइड्रोपावर लिमिटेडले विद्युत बिक्रीबाट १ करोड १३ लाख आम्दानी गरेको छ। कम्पनीको आयोजनाले २०८१ जेठ २० गतेबाट बिद्युत बिक्री सुरु गरेकोमा ४५ दिन मै १ करोड १३ लाख १५ बजारको विद्युत बिक्री गरेको हो ।

कम्पनीले विद्युत बिक्रिको आम्दानीबाट ६३ लाख ५४ हजार ऋण तिरेको छ । कम्पनीको खुद घाटा भने ३८ लाख ६१ हजार रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ऋणात्मक ०.९७ रुपैयाँ, र प्रति शेयर नेटवर्थ ९८.१७ रुपैयाँ रहेको छ । ४० करोड चुक्ता पुँजी रहेको कम्पनीको दिर्घकालिन ऋण ५५ करोड ५ लाख रहेको छ ।

कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा निर्माण सम्पन्न गरेको ४.७ मेगावाट क्षमताको माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजनाको उत्पादित विद्युत संखुवासभा जिल्ला तुम्लिङटार सवस्टेशनमा जोडिएको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img