५३० प्रतिशतले बढ्यो महिला लघुवित्तको खुदनाफा, ईपीएस ४१.५९ रुपैयाँ

spot_img

महिला लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ५३०.८  प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीले ९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १ करोड ४३ लाख मात्र थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १३.५ प्रतिशतले घटेर  २२ करोड ८४  लाख कायम भएको छ । यस अवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज अन्तर्गत ६ करोड ३७ लाख रुपैयाँ रिभर्स भएको छ । जसको कारण खुद ब्याज आम्दानी घटे पनि खुद नाफा भने ५३०.८ प्रतिशत बढेको देखिन्छ।

कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड २२ लाख रुपैयाँ  रहेको छ  । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६.५९ रुपैयाँबाट बढेर ४१.५९ रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी २१ करोड ७५ लाख रहेको छ भने रिजर्भमा २० करोड १० लाख रहेको छ । कम्पनीको खराब कर्जा ३.०२ प्रतिशत रहेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज...