Thursday, July 16, 2026
spot_img

५३० प्रतिशतले बढ्यो महिला लघुवित्तको खुदनाफा, ईपीएस ४१.५९ रुपैयाँ

spot_img

महिला लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ५३०.८  प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीले ९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १ करोड ४३ लाख मात्र थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १३.५ प्रतिशतले घटेर  २२ करोड ८४  लाख कायम भएको छ । यस अवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज अन्तर्गत ६ करोड ३७ लाख रुपैयाँ रिभर्स भएको छ । जसको कारण खुद ब्याज आम्दानी घटे पनि खुद नाफा भने ५३०.८ प्रतिशत बढेको देखिन्छ।

कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड २२ लाख रुपैयाँ  रहेको छ  । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६.५९ रुपैयाँबाट बढेर ४१.५९ रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी २१ करोड ७५ लाख रहेको छ भने रिजर्भमा २० करोड १० लाख रहेको छ । कम्पनीको खराब कर्जा ३.०२ प्रतिशत रहेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img