रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।कम्पनीको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा १२.९८ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीले ३९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ३ लाख रुपैयाँ रहेको थियो।
यस अवधिमा कम्पनीको खुद प्रिमियम संकलन २ अर्ब २१ करोडबाट बढेर २ अर्ब ९३ करोड पुगेको छ। कम्पनीको कुल आम्दानी अघिल्लो ३ अर्ब ४ करोडबाट बढेर ३ अर्ब ५७ करोड पुगेको छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ १० पैसाबाट बढेर १५ रुपैयाँ २४ पैसा कायम भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा रहेको छ ।
५ अर्ब १९ करोड ६८ लाख चुक्ता पुँजी रहेको कम्पनीको शेयर प्रिमियममा १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ।













