घट्यो निफ्राको खुद नाफा, शेयरधनीलाई ७० करोड बाड्न मिल्ने

spot_img

नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको खुद नाफा ५.९८ प्रतिशतले घटेको छ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ थियो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ६.४७ प्रतिशतले घटेर २ अर्ब ५४ करोड कायम भएको छ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रहेको छ । बैंकको प्रति शेयर आम्दानी ६ रुपैयाँ १६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ११३ रुपैयाँ ७ पैसा रहेको छ। बैंकको खराब कर्जा ०.०१ प्रतिशत रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकको रिजर्भमा २ अर्ब ९५ करोड रहेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...