Saturday, July 11, 2026
spot_img

घट्यो निफ्राको खुद नाफा, शेयरधनीलाई ७० करोड बाड्न मिल्ने

spot_img

नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको खुद नाफा ५.९८ प्रतिशतले घटेको छ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ थियो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ६.४७ प्रतिशतले घटेर २ अर्ब ५४ करोड कायम भएको छ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रहेको छ । बैंकको प्रति शेयर आम्दानी ६ रुपैयाँ १६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ११३ रुपैयाँ ७ पैसा रहेको छ। बैंकको खराब कर्जा ०.०१ प्रतिशत रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकको रिजर्भमा २ अर्ब ९५ करोड रहेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img