Wednesday, August 12, 2026
spot_img

२०५ प्रतिशतले बढ्यो शिवम सिमेन्टको खुदनाफा

spot_img

शिवम सिमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ७९ करोड ४१ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा २०५.८ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २५ करोड ९६ लाख रुपैयाँ मात्र थियो।

यस अवधिमा कम्पनीको संचालन आम्दानी ५ अर्ब २ करोडबाट बढेर ५ अर्ब ४५ करोड पुगेको छ । कम्पनीको बिक्री खर्च ९५ करोड ६५ लाखबाट घटेर ९४ करोड ६ लाख पुगेको छ ।

कम्पनीको चुक्ता पुंजी ५ अर्ब ४५ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा ४ अर्ब ८३ करोड रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५.१६ रुपैयाँबाट बढेर १४.५५ रुपैयाँ पुगेको छ । कम्पनीको प्रति शेयर नेटवर्थ १८८.५७  रुपैयाँ रहेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ह्युन्डाईद्वारा नेपाल मै बनेको VENUE र VENUE N Line सार्वजनिक

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख सहयोग

कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

नाइमा एक्स्पोमा Proton e.MAS 5 , यस्ता छन् विशेषता

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा....

नाईमा एक्स्पोमा Ather 450X Overtones Series सार्वजनिक, स्टल भिजिट गर्दा स्कुटर जित्ने अवसर

वैद्य इनर्जी प्रा.लि. अन्तर्गत नेपालमा Ather Energy को आधिकारिक...

ICFC फाइनान्सद्वारा कर्णालीकी छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा...
spot_img

This will close in 0 seconds