Monday, April 27, 2026
spot_img
spot_img

एनआईएमबि एस क्यापिटललाई नियम अनुसार फण्ड चलाउन धितोपत्र बोर्डको निर्देशन

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले एनआईएमबि एस क्यापिटललाई धितोपत्र समबन्धि ऐन, नियम र नियमावली अनुसार कार्य गर्नको लागि निर्देशन दिएको छ। एनआईएमबि एस क्यापिटलले संचालन गरिरहेको खुलामुखी सामुहिक लगानी कोष योजना ‘एनआईबिएल सहभागिता फण्ड’को इकाई झन्डै एक वर्षदेखि लगानीकर्ताको खातामा नपठाएको र लगानीकर्ताको करोडौंको सम्पति बन्धक भएको विषयमा बिजनेशपानाले समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशन भएपछि धितोपत्र बोर्डले क्यापिटललाई धितोपत्र समबन्धि ऐन र नियमको व्यवस्था अनुसार हुने गरि फण्ड संचालन गर्न निर्देशन दिएको हो। ऐन र नियमका व्यवस्था उल्लघन गरेमा धितोपत्र समबन्धि प्रचलित कानून बमोजिम कारवाही हुने व्यवस्थातर्फ बोर्डले क्यापिटललाई सचेत गराएको बताइएको छ।  क्यापिटलले योजनाको आकार वृद्धि गराउनको लागि अनुमति नपाईसकेको अवस्थामा पनि लगानीकर्तालाई इकाई बिक्री गरिरहेकोले सो कार्य रोक्न निर्देशन दिइएको बोर्ड स्रोतले जनाएको छ ।

के हो विवाद ? 

खुलामुखी सामुहिक लगानी कोषको प्रकृति अनुसार लगानीकर्ताले व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत र कारोबार समयमा थप इकाई खरिद गर्न सक्ने व्यवस्था छ। सोहि अनुसार लगानीकर्ताले इकाई खरिद गरिरहेका छन् । तर क्यापिटलले झन्डै एक वर्षदेखि लगानीकर्ताको मेरो शेयर खातामा फण्डको इकाई पठाएको छैन । तर लगानीकर्ताले खरिद गरेको इकाई अनलाइन प्रणालीमा ‘pending units’ भनेर देखाउने गरेको छ।

इकाई खातामा नआउँदा लगानीकर्ताले आफ्नो इकाई बिक्री गर्न पाएका छैनन् । किनभने इकाई बिक्री गर्नको लागि free units मात्र बिक्री गर्न योग्य हुन्छन् । pending units भने locked units को रुपमा बसेको हुन्छ, जुन बिक्री गर्न मिल्दैन । यस कारण लगानीकर्ताको करोडौंको लगानी बन्धक भएर बसेको छ।

खुलामुखी योजनाको आकार निश्चित हुँदैन र लगानीकर्ताले इकाई खरिद बढाएसंगै योजनाको आकार बढ्दै जान्छ। आकार बढाउँनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्छ र त्यसरी आकार बढाउँनको लागि स्वीकृति लिँदा योजना व्यवस्थापक र कोष प्रबर्दक मिलेर कुल १५ प्रतिशत रकम बिउ पुँजीको रुपमा लगानी गर्नु पर्छ। यस फण्डको हकमा कोष प्रबर्दक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हो भने योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल नै हो ।

हाल फण्डको आकार ६ अर्ब पुगिसकेको छ र जसमा बैंक र क्यापिटलले बिउ पुँजीको रुपमा १५ प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ लगानी गरिसकेका छन् । क्यापिटलले एक वर्ष अगाडी नै अन्तराष्ट्रिय अभ्यास अनुसार र सामुहिक लगानी कोष नियमावलीमा भएको व्यवस्था बमोजिम बिउ पुँजीको प्रावधानमा आवश्यक फेरबदल गर्नको लागि अनुरोध गर्दै आएको थियो । क्यापिटलले सो समयमा आफ्नो योजनाको आकारको ६ अर्ब पुगेको र आकार ७ अर्ब कायम गर्नको लागि धितोपत्र बोर्डमा अनुरोध गरिएको जनाएको थियो ।

नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार क्यापिटलले योजनाको आकार ६ अर्बबाट ७ अर्ब पुर्याउनको लागि आवेदन दिँदा बिउ पुँजीको लागि आवश्यक पर्ने रकमको व्यवस्था नगरी आवेदन दिएको थियो । बिउ पुँजी नै नराखी आवेदन दिएकोले धितोपत्र बोर्डले आकार बढाउन स्वीकृति भने दिएन । क्यापिटलले बिउ पुँजीको प्रावधान संशोधन गर्नको लागि दबाब दिनको लागि पनि बिउ पुँजीको व्यवस्था नगरी बोर्डमा आवेदन दिएको चर्चा बजारमा चलेको थियो ।

धितोपत्र बोर्डले २०८२ माघ १ गतेदेखि लागू हुने गरि बिउ पुँजीको व्यवस्था संशोधन गरेको छ । जसमा बोर्डले योजना संचालनको अनुभव, कार्य सम्पादन, गुणस्तर र नियम परिपालनाको स्थिति जस्ता सूचकहरूको आधारमा बीज पूँजीको प्रतिशत दर तोकेको छ। जसमा फण्डहरुले शर्त अनुसार ५ प्रतिशत वा १० प्रतिशत प्रतिशत मात्र बिज पुँजी कायम गर्न सक्ने छन् ।

एनआइएमबि एस क्यापिटल पनि ५ प्रतिशत वा १० प्रतिशत बिज पुँजी राख्न सक्नेमा पर्ने थियो । तर बोर्डले तोकेको एउटा शर्त भने पुरा भएन । बोर्डबाट संचालन अनुमति प्राप्त गरि संचालनमा रहेका योजनाहरूको पछिल्लो तीन वर्षको प्रति इकाई मासिक खुद सम्पत्ति मूल्यको औसत सो योजनाको प्रति इकाई अंकित मूल्य भन्दा बढी भएको हुनु पर्ने बोर्डले उल्लेख गरेको छ। तर सहभागिता फण्डको हकमा यो औसत अंकित मूल्य १० रुपैयाँ भन्दा केही तल रहेको देखिन्छ । जसले गर्दा यस फण्डले १५ प्रतिशत नै बिज पुँजी राख्नु पर्ने भयो, जुन व्यवस्थालाई क्यापिटलले ठाडै अस्विकार गरेको देखिन्छ ।

क्यापिटलले बिज पुँजीको व्यवस्था परिवर्तन गर्न आग्रह गरेकोमा धितोपत्र बोर्डले शर्त सहित बिज पुँजीक व्यवस्थामा परिवर्तन गरेको देखिन्छ । तर आफुले भने अनुसारको व्यवस्था नआएपछि क्यापिटलले अझै पनि योजनाको आकार बढाउन निवेदन नदिएको देखिन्छ । यहि कारण इकाई लगानीकर्ताको खातामा आएको छैन ।

लगानीकर्ताले इकाई खातामा नआएकोबारे जिज्ञासा राख्दा क्यापिटलले फेसबुक/म्यासेन्जरमा आकार बढाउँनको लागि स्वीकृति प्राप्त गर्ने क्रममा रहेकोले इकाई खातामा आउन अझै केही महिना लाग्ने बताउने गरेको छ । तर क्यापिटलले यस बारे अधिकारिक धारणा भने सार्वजनिक गरेको छैन । क्यापिटलले यसरी इकाईहरु खातामा नपठाउदा एसआईपी नै बद्नाम हुने जोखिम बढेको बजारमा चर्चा हुन थालेको छ ।

यस अघि : एनआईबिएल सहभागिता फण्डको इकाई खातामा नआउँदा लगानीकर्ताको करोडौंको सम्पति बन्धक

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

डा. अधिकारीको अवकाशपछि धितोपत्र बोर्डमा एक ईडी पद रिक्त, दाहालको बढुवा हुने

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक (ईडी) डा. नवराज अधिकारीको...

नेप्सेले फिर्ता बोलाएपछि सीडीएसले पनि गर्यो पन्दाकको प्रबन्ध संचालक पद नरहने निर्णय

सीडीएस एण्ड क्लियरिंगको संचालक समितिले प्रविण पन्दाकको प्रबन्ध संचालक...

मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार...

बढ्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

सानिमा मिडिल तमोर हाइड्रोको सहायक कम्पनीले पायो दुधकोशी ४ आयोजनाको लाईसेन्स

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको सहायक कम्पनीले ४७ मे.वा....

बैशाख २१ र २२ मा महासंघको साधारणसभा र निर्वाचन हुने पक्का

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा र निर्वाचन अब...
spot_img