Friday, June 19, 2026
spot_img

माछापुच्छ्रे एसआईपी योजनाको इकाई बाँडफाँड

spot_img
spot_img

माछापुच्छ्रे क्यापिटलले निष्काशन गरेको  खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड) को इकाई बाँडफाँड भएको छ । क्यापिटलले ति इकाईहरु पुस १ गते बाँडफाँड गरेको हो।

क्यापिटलले मङ्सिर १४ गतेदेखि  मङ्सिर १७ गतेसम्म माछापुच्छ्रे म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि माछापुच्छ्रे एसआईपी योजना नामको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई बिक्री खुला गरेको थियो। यस योजनाको आकार ५० करोड रहेको छ।  तर पहिलो चरणमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई निष्काशन भएको थियो। २ करोड इकाई मध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाई माछापुच्छ्रे बैंक र माछापुच्छ्रे क्यापिटललाई छुट्याईएको थियो। जसमा बैंकले १४ प्रतिशत र क्यापिटलले १ प्रतिशत इकाई लिएको थियो।

बाँकि रहेको १ करोड २५ लाख इकाई सर्वसाधारणमा निष्काशन भएको थियो। जसमा आवेदन दिने योग्य आवेदकलाई इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

क्यापिटलले योजना संचालनको अनुमति माग गर्दै असार ३० गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो।  नेपाल धितोपत्र बोर्डले कार्तिक २७ गते योजना संचालनको अनुमति दिएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img