Saturday, July 11, 2026
spot_img

शेयर बजारमा उच्च अंकको गिरावट, फाइनान्स र होटेल समूह सर्वाधिक घटे

spot_img

आज मंगलबार शेयरबजारमा भारी गिरावट आएको छ। आज शेयर बजार परिसूचक नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा पुगेको छ।

आज कारोबारमा आएको ३२२ कम्पनीका ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता शेयर खरिद बिक्रीबाट २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँ १० पैसाको कारोबार भएको छ। यो हालसम्म कै उच्च कारोबार हो । यस अघि साउन १६ , २०८१ मा शेयर बजारमा २१ अर्ब ९१ करोडको कारोबार भएको थियो । आज त्यो रेकर्ड ब्रेक भएको हो ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब ३९ करोडको कारोबार भएको छ। त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ४८ करोड ३६ लाख तथा सीइडीबी हाइड्रोको ४३ करोड १८ लाखको कारोबार भएको छ।

आज थ्री स्टार हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशत तथा कुठेली बुखारी हाइड्रोको शेयर मूल्य ९.९७ प्रतिशत बढेको छ। त्यस्तै लक्ष्मी भ्यालु फण्ड २ र मेगा म्युचुअल फण्ड १ को शेयर मूल्य क्रमश ३.९४ प्रतिशत र ३.८१ प्रतिशत बढेको छ।आज नेपाल फाइनान्स र गोर्खाज फाइनान्स सहित ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ।

आज कारोबारमा आएका सबै समूहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समूह सर्वाधिक ८.२७ प्रतिशत तथा होटेल समूह ८.०३ प्रतिशत घटेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img