आज मंगलबार शेयरबजारमा भारी गिरावट आएको छ। आज शेयर बजार परिसूचक नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा पुगेको छ।
आज कारोबारमा आएको ३२२ कम्पनीका ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता शेयर खरिद बिक्रीबाट २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँ १० पैसाको कारोबार भएको छ। यो हालसम्म कै उच्च कारोबार हो । यस अघि साउन १६ , २०८१ मा शेयर बजारमा २१ अर्ब ९१ करोडको कारोबार भएको थियो । आज त्यो रेकर्ड ब्रेक भएको हो ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब ३९ करोडको कारोबार भएको छ। त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ४८ करोड ३६ लाख तथा सीइडीबी हाइड्रोको ४३ करोड १८ लाखको कारोबार भएको छ।
आज थ्री स्टार हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशत तथा कुठेली बुखारी हाइड्रोको शेयर मूल्य ९.९७ प्रतिशत बढेको छ। त्यस्तै लक्ष्मी भ्यालु फण्ड २ र मेगा म्युचुअल फण्ड १ को शेयर मूल्य क्रमश ३.९४ प्रतिशत र ३.८१ प्रतिशत बढेको छ।आज नेपाल फाइनान्स र गोर्खाज फाइनान्स सहित ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ।
आज कारोबारमा आएका सबै समूहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समूह सर्वाधिक ८.२७ प्रतिशत तथा होटेल समूह ८.०३ प्रतिशत घटेको छ।