spot_img

धेरै अगाडि नेप्सेको अध्यक्षबाट राजीनामा दिन चाहन्थे बस्याल, सोमबार बुझाए पत्र

spot_img

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन्। उनले हिजो सोमबार साँझ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

उनलाई तत्कालीन केपी ओलीको सरकार हुँदा उपप्रधान एवं अर्थमन्त्री रहेका विष्णु पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै अध्यक्ष नियुक्त गरेका थिए। नियुक्तिको ८ महिना पनि नपुग्दै उनले राजीनामा दिएका हुन् ।

स्रोतका अनुसार बस्यालले जेन्जी आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री रामेश्वर खनाललाई नै राजीनामा बुझाउने तयारी गरेका थिए। तर त्यस समय मन्त्री खनालले राजीनामा नदिन र नियमित काम गर्न भनेपछि बस्याल रोकिएका थिए। चुनावपछि सरकार गठन भएपछि पनि बस्यालले राजीनामा दिन खोजेका थिए। संसदमा रास्वपा सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति लिएकालाई मार्ग प्रसस्त गर्न भनेपछि फेरि बस्यालले राजीनामा दिन खोजेका थिए।

संसदमा रविले भाषण गरेको केही दिनपछि बसेको नेप्सेको संचालक समितिको बैठकमा बस्यालले अर्को बैठकमा अध्यक्ष नहुन सक्छ भनेर केहि हस्ताक्षर गर्न बाँकी भए ल्याउनको लागि नेप्सेको कम्पनी सचिवलाई निर्देशन दिएको नेप्सेका एक संचालक बताउछन् ।

स्रोतका अनुसार उनले राजीनामा दिनको लागि मन्त्रीको समय नै पाएका थिएनन् । सोमबार भने उनले मन्त्रीलाई भेटेर राजीनामा दिएका हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हिउँदको विद्युत् माग व्यवस्थापनका लागि तयारी सुरु, पाँच सदस्यीय समिति गठन

नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद)मा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा...

सुरक्षाकर्मीलाई हाइड्रोको आईपीओमा आरक्षण दिँदै सरकार

सरकारले बहालवाला सुरक्षाकर्मीलाई हाइड्रोको आईपीओमा अरक्षण दिने भएको छ...

अपार्टमेन्ट किन्नेले जग्गाको स्वामित्व पाउँदैनन्, ऐनले भन्छ, ‘पहिला भत्किन देऊ’

नेपालमा अपार्टमेन्ट संस्कृति सुरु भएको लामो समय भइसक्यो ।...

सुनको भाउमा झिनो वृद्धि

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

समस्याग्रस्त ४ सहकारीका थप १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीका १०५ जनाको...

आजदेखि पोखराबाट दुबई उडान सुरु हुँदै

आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले नियमित उडान सुरु...