Saturday, April 11, 2026
spot_img
spot_img

नयाँ वर्षमा शेयरबजारमा ५ नयाँ व्यवस्था हुँदै, शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

spot_img
spot_img

२०८३ को सुरुवातसंगै शेयरबजारमा पनि केही नयाँ सुरुवात हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले सर्किट ब्रेक र  शेयर मूल्य परिवर्तन सीमा परिवर्तन गर्न लागेको हो भने पुँजीबजारको इतिहास मै पहिलो पटक आफ्टर मार्केट अर्डरको व्यवस्था गर्न लागेको हो ।

यी व्यवस्था परिमार्जनको लागि नेप्सेले  ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा संशोधनको प्रस्ताव गर्दै नेपाल धितोपत्र बोर्डमा पठाएको थियो । धितोपत्र बोर्डको चैत्र २३ गते बसेको संचालक समितिको बैठकले विनियमावलीमा संशोधन गर्ने प्रस्ताव स्वीकृत गरिसकेको छ । बोर्डले विनियमावली स्वीकृत गरेको जानकारी नेप्सेलाई पनि दिइसकेको छ।

अब नेप्सेको संचालक समितिको बैठकले यी व्यवस्था लागु हुने मिति तोक्ने छ । नेप्सेले जतिसक्दो छिटो यी व्यवस्था कार्यान्वयन गर्ने जनाएकोले २०८३ को सुरुवातसँगै यी व्यवस्था लागु हुने अपेक्षा गरिएको छ । सो संगै नयाँ वर्षमा शेयरबजारमा पनि नयाँ व्यवस्था लागु हुने प्रष्ट भएको छ ।

पहिलो पटक आफ्टर मार्केट अर्डर

संशोधित विनियमावली अनुसार नेपालको पुँजीबजारमा पहिलो पटक अफ्तर मार्केट अर्डरको व्यवस्था गरिँदैछ । यो भनेको नियमित बजार समयभन्दा बाहिर पनि शेयर खरिद बिक्रीको लागि अर्डर हाल्न सकिने व्यवस्था हो । हाल वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा आरक्षणको व्यवस्था छ । साथै विदेशमा रहेका अन्य नेपालीहरुले पनि शेयर कारोबार गर्दै आएका छन् । नेपालमा ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदा उनीहरु रहेको देशको समयसँग नमिल्न सक्थ्यो । अब भने ११ बजेदेखि ३ बजेको समयभन्दा बाहिरको समयमा पनि शेयर खरिद बिक्रीको लागि अर्डर राख्न सकिने व्यवस्था गरिन लागेको हो । यस्तो व्यवस्थाले विदेशमा रहेका नेपाली र नेपालमै रहेकाले पनि आफ्नो अनुकुल समयमा शेयर खरिद बिक्रीको लागि अर्डर हाल्न सक्ने छन् । कुन समयसम्म अर्डर हाल्न पाईने लगायतका प्रविधिक विषयमा नेप्सेले निर्णय गर्ने छ ।

शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने 

त्यस्तै अब एक दिनमा कुनै एउटा शेयरको मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने नियम आउने छ। नियमित कारोबार समयमा अहिले शेयर मूल्य अधिकतम १० प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था छ। अब भने त्यसलाई बढाएर नियमित समयमा १५ प्रतिशतसम्म शेयर मूल्य घटबढ हुन सक्ने व्यवस्था गरिन लागेको हो ।

 प्रत्येक कारोबारमा शेयर मूल्य ३ प्रतिशतले घटबढ हुन पाउने 

अब नियमित समयमा हुने प्रत्येक कारोबारमा शेयर मूल्य ३ प्रतिशतले घटबढ हुन पाउने छ । यस अघि २ प्रतिशत घटबढ हुन सक्ने गरि अर्डर हाल्न पाउने तथा सोहि बमोजिम घटबढ हुन सक्ने व्यवस्था थियो। अब भने सो २ प्रतिशतको सीमालाई बढाएर ३ प्रतिशत कायम गर्न लागिएको हो ।

प्रि ओपनमा शेयर मूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउने 

अब प्रि ओपन सेसनमा शेयर मूल्य ५ प्रतिशतले घटबढ हुन पाउने छ । हाल प्रि ओपन सेसनमा शेयर मूल्य २ प्रतिशत मात्र घटबढ हुन सक्ने व्यवस्था रहेकोमा अब त्यसलाई बढाएर ५ प्रतिशत कायम गर्न लागिएको हो । प्रि ओपन सेसन बिहान १०:३० देखि १०:४५ बजेसम्म संचालन हुने गर्दछ ।

समग्र बजार ८ प्रतिशतसम्म घटबढ हुन पाउने 

अब समग्र बजारमा लाग्ने सर्किट ब्रेकको नियम पनि परिवर्तन हुँदैछ।  हाल समग्र बजारमा ४ प्रतिशतको परिवर्तन भएमा पहिलो, ५ प्रतिशतको परिवर्तन भएमा दोस्रो र ६ प्रतिशतको परिवर्तन भएमा तेस्रो तथा सर्किट ब्रेक लाग्दै आएको छ। अब भने बजारमा दुई वटा मात्र सर्किट ब्रेकको सीमा रहने छ। अब बजारमा ५ प्रतिशत घटबढ भएमा पहिलो सर्किट ब्रेक लाग्ने छ र १५ मिनेटको लागि कारोबार स्थगित हुने छ। त्यसपछि बजार ८ प्रतिशत घटबढ भएमा दोस्रो तथा अन्तिम सर्किट ब्रेक लाग्ने छ, र सो दिनको लागि सम्पूर्ण कारोबार स्थगित हुने छ।

अब नेप्सेले छिट्टै यी व्यवस्था लागु हुने मिति तोक्ने छ। यी व्यवस्था लागु हुँदा बजारमा नयाँ आयाम थपिने, तथा नयाँ उर्जाको साथै बजारप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् लेखा समितिका २६ सांसद, वर्षमान पुनदेखि खुश्वु ओलीसम्म

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

प्रतिनिधिसभामा अर्थ समिति गठन, यी हुन् २६ सदस्य

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

२२९ भोट सहित २५ वर्षिया रुवीकुमारी उपसभामुख निर्वाचित

प्रतिनिधिसभाको उपभामुख पदका रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।...

ऋणपत्र निष्काशनको अनुमति माग्दै प्राइम कमर्शियल बैंकले दियो आवेदन

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल...

नागरिक एपमा एक हप्ताभित्रै यी ३ सेवा थपिँदै

सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष...

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...
spot_img