Saturday, April 11, 2026
spot_img
spot_img

आज शुक्रबार पनि शेयर कारोबार हुँदै

spot_img
spot_img

आज शुक्रबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार हुँदै छ । आइतबारको साटो शुक्रबार शेयरबजार खुल्न लागेको हो । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन शनिवार र आइतबार सर्वजनिक विदा दिने निर्णय गरेसंगै अब आइतबारको साटो शुक्रबार शेयर कारोबार हुने भएको हो।

नेप्सेले गत बुधबार यस बारे सूचना जारी गरिसकेको छ। नेप्सेको चैत्र २२ गते बसेको संचालक समितिको बैठकले शुक्रबार पनि बजार खोल्ने निर्णय गरेको थियो। सोहि अनुसार आज शुक्रबार पनि बिहान ११ बजेदेखि दिउँसो बजेसम्म शेयर कारोबार हुने छ।

नेप्सेले जारी गरेको सूचनामा भनिएको छ ‘उपरोक्त सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८२ चैत्र २२ मा बसेको बैठकले २०८२ चैत्र २३ गतेदेखि लागु हुने गरी बिहान ९:०० बजे देखी साँझ ५:०० बजेसम्म कार्यालय समय कायम गर्ने, साताको शनिबार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हुँदा सोही अनुरुप नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको मिति २०८२।१२।२२ गतेको सञ्चालक समितिको निर्णय बमोजिम सोमबारदेखि शुक्रबारसम्म साबिक समयमा धितोपत्रको कारोबार हुने व्यहोरा सम्पूर्ण सरोकारवालालाई जानकारी गराउन यो सूचना सार्वजनिक गरिएको छ ।’

पेट्रोलियम पदार्थको आपूर्ति असहज हुँदै गएपछि सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो। जस अनुसार सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिवार र आइतबार विदा हुनेछ छ। अन्य कार्य दिनमा भने सबै सरकारी कार्यालयहरु ९ बजेदेखि ५ बजेसम्म संचालन हुने छन् ।

यस अघि २०७९ सालमा पनि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन अहिलेको जस्तै शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो। त्यस समय पनि आइतबारको साटो शुक्रबार शेयर कारोबार गरिएको थियो। तर परिक्षणको कालको दुई दिन विदा दिइएकोले सो निर्णय एक महिना मै उल्टियो । सो एक महिनाको अवधिमा शुक्रबार शेयर कारोबार गरिएको थियो।

अहिले पनि त्यसैगरि शुक्रबार शेयर कारोबार हुन लागेको हो ।  हाल शेयरबजार समबन्धि विभिन्न नियमावली र विनियमावलीमा शेयरकारोबार आइतबारदेखि बिहीबार हुने उल्लेख छ। मन्त्रिपरिषद बैठकबाट नै निर्णय भएकोले ति नियमावली र विनियमावलीका व्यवस्था संशोधन नै नगरी शुक्रबार शेयर कारोबार संचालन गर्न लागिएको हो। मन्त्रिपरिषद बैठकबाट नै निर्णय भएकोले ति नियमावली र विनियमावलीका व्यवस्था संशोधन गर्नु नपर्ने नेप्सेले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् लेखा समितिका २६ सांसद, वर्षमान पुनदेखि खुश्वु ओलीसम्म

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

प्रतिनिधिसभामा अर्थ समिति गठन, यी हुन् २६ सदस्य

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

२२९ भोट सहित २५ वर्षिया रुवीकुमारी उपसभामुख निर्वाचित

प्रतिनिधिसभाको उपभामुख पदका रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।...

ऋणपत्र निष्काशनको अनुमति माग्दै प्राइम कमर्शियल बैंकले दियो आवेदन

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल...

नागरिक एपमा एक हप्ताभित्रै यी ३ सेवा थपिँदै

सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष...

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...
spot_img