अब प्रि ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुन सक्ने भएको छ । सोमबार साँझ बसेको नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठकले प्रि ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुन सक्ने गरि धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ मा संशोधन गर्ने निर्णय गरेको एक संचालकले जानकारी दिए।
बोर्ड स्रोतका अनुसार यो निर्णय माइन्युट हुन बाँकि छ, माईन्युट हुँदा ३ प्रतिशत वा ५ प्रतिशत कायम हुन सक्ने बताईएको छ । तर प्रतिशत भने बढ्ने निश्चित नै छ।
अब धितोपत्र बोर्डले उक्त संशोधित विनियमावली नेप्सेमा पठाउने छ । त्यसपछि नेप्सेले यसको कार्यान्वयनको लागि मिति तोक्ने छ।
त्यसपछि नेप्सेले तोकेको मितिदेखि प्रि ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुन सक्ने छ । हाल प्रि ओपन सेसनमा २ प्रतिशतसम्म शेयरको मूल्य घटबढ हुन सक्ने व्यवस्था छ।












